विप्लवका जिल्ला ईन्चार्ज पक्राउ
पोखरा, भदौ ६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की जिल्ला ईन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पक्राउ गरेक....

पोखरा, भदौ ६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की जिल्ला ईन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान प्रहरी टोलीले जिल्ला इन्चार्जसहित दुई जनालाई पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरेको हो। उनी पोखरा आएको खबर पाएपछि पक्राउ प्रहरी टोली परिचालन गरिएको थियो।
आज बिहान ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। पक्राउ परेका अर्का एक जनाको परिचय खुलेको छैन।
उनी एक साता अघि मात्रै जिल्ला इन्चार्जको जिम्मेवारी पाएर कास्की खटिएका थिए। यस अघि तनहुँमा रहेका थिए।
यस अघि कास्की जिल्ला सेक्रेटरी सुजन विकलाई पनि पक्राउ गरिएको थियो।
प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)