प्रचण्ड-माधव नेपालबीच साढे दुई घण्टा छलफल
काठमाडौं, भदौ ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच साढे दुई घण्टा छलफल भएको छ।
वरिष्ठ नेत....

काठमाडौं, भदौ ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच साढे दुई घण्टा छलफल भएको छ।
वरिष्ठ नेता नेपाल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन्। नेकपा स्रोतका अनुसार, उनी बिहान ७ बजे खुमलटार पुगेका थिए। दुवै नेताबीच साढे ९ बजेसम्म छलफल भएको छ।
नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि हिजो सिंगापुर गएका छन्। उनले कार्यकारी अधिकार प्रचण्डलाई दिएका छन्।
नेकपा सविालय बैठकमा हिजो ओली र नेपालबीच भनाभन समेत भएको थियो।
अध्यक्ष ओलीले नेपालको वरियता तल पारेपछि विवाद उत्पन्न हुँदै आएको छ। नेपालभन्दा माथिल्लो वरियतामा झलनाथ खनाललाई राखिएको छ। यसअघि खनालभन्दा नेपाल माथिल्लो वरियतामा थिए।
दुवै नेताबीचको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ। त्यससँगै प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहँदासम्म कसरी काम गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाएको छ।











-1784808429.png)