Kathmandu Press

मन्त्रिपरिषद् बैठक अब भिडियो कन्फरेन्सिङबाट हुने

काठमाडौं, भदौ ५ : नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फरेन्सिङबाट पनि हुने भएको छ। 

हालै बसेका मन्त्रिपरिषद् बैठकल....

मन्त्रिपरिषद् बैठक अब भिडियो कन्फरेन्सिङबाट हुने
फाइल

काठमाडौं, भदौ ५ : नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फरेन्सिङबाट पनि हुने भएको छ। 

हालै बसेका मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक भिडियो कन्फरेन्सिङबाट पनि गर्न सकिने निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संशोधन गरी  प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फरेन्सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी नियमावली संशोधन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए। 
 
सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको शिलशिलामा सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सिङमार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नेछन्।

यसैगरी, बैठकले तराई–मधेस द्रुत मार्गको केही स्थानको बाटो परिवर्तन गर्ने पनि निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्