Kathmandu Press

आर्ट काउन्सिलमा नेपाल चिनाउने चित्रकला

काठमाडौं, मंसिर १२ : ललितकला क्याम्पसका विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आज (आइतबार) आफ्ना चित्रकला सार्वजनिक गरेका छन्।भर्खरै स्नातक सिध्याएर नतिजाको पर्खाइमा रहेका २०७३–७७...
आर्ट काउन्सिलमा नेपाल चिनाउने चित्रकला

काठमाडौं, मंसिर १२ : ललितकला क्याम्पसका विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आज (आइतबार) आफ्ना चित्रकला सार्वजनिक गरेका छन्।

भर्खरै स्नातक सिध्याएर नतिजाको पर्खाइमा रहेका २०७३–७७ ब्याचका विद्यार्थीहरूले नेपालको ऐतिहासिक तथा धार्मिक पर्यटकीय महत्व बोकेका स्थल, समृद्धि र जीवनशैली झल्काउने चित्रकला प्रदर्शनी गरेका हुन्।

२२ जना कलाकारका ६ दर्जनभन्दा बढी चित्रकला प्रदर्शनीमा राखिएको आयोजकमध्येका एक कलाकार आदित्य पौडेलले बताए।

Hardik ivf

चित्रकलाका माध्यमले संस्कृति जगेर्नामा योगदान दिने, महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउने, प्रकृति संक्षणमा जोड दिने उद्देश्यले प्रदर्शनी गरिएकाे उनले जानकारी दिए। 

कलाकारहरूले बालबालिका, महिला, श्रमिकका अधिकारका लागि आवाज सम्बाेधन गर्ने खालका चित्रकला पनि प्रदर्शन गरिने बताइएको छ।  

चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन भने आज दिउँसो ४ बजे हुने पौडेलले बताए। वरिष्ठ कलाकार मदन चित्रकारले प्रदर्शनीको उद्घाटन गर्नेछन्। उनी चित्रकला प्रदर्शनीको मार्गनिर्देक समेत रहेको पौडेलकाे भनाइ छ।

यसअघि २०७५ सालमा पनि सोही ब्याचले चित्रकला प्रदर्शनी गरिसकेको उनले बताए। आजदेखि मंसिर १८ गतेसम्म उक्त चित्रकला प्दर्शनी चल्नेछ।

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्