Kathmandu Press

जातीय विभेदविरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’

काठमाडौं, मंसिर १२ : नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’ गर्ने भएको छ।समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँगको...
जातीय विभेदविरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’

काठमाडौं, मंसिर १२ : नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध ‘लघु चलचित्र प्रतियोगिता’ गर्ने भएको छ।

समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँगको सहकार्यमा  ‘जातीय व्यवस्था विरुद्धको लडाइँ’ भन्ने नारासहित सो प्रतियोगिता गर्न लागेको हो। 

Hardik ivf

आयोजकका अनुसार मोबाइलले खिचेका लघु चलचित्रलाई पनि स्थान दिइनेछ। १०८० पिक्सेल्ससम्मको गुणस्तरमा खिचिएका लघु चलचित्रहरुले भाग लिन सक्नेछन्। चलचित्र बढीमा तीन मिनेटको हुनुपर्नेछ।  

इच्छुक प्रतियोगीले आगामी डिसेम्बर १० सम्म चलचित्र पठाइसक्नुपर्नेछ। सामाजिक सञ्जालमा पाएको प्रतिक्रिया र तीन जना निर्णायकको मूल्यांकनका आधारमा उत्कृष्ट छनोट गरिने आयोजकको भनाइ छ। 

प्रतियोगितामा प्रथम हुनेले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्