Kathmandu Press

अल्पविरामको लघुकथा सङ्ग्रह ‘अनुभूतिका रङहरू’ सार्वजनिक

अल्पविरामको लघुकथा सङ्ग्रह ‘अनुभूतिका रङहरू’ सार्वजनिक

काठमाडौं, मंसिर १२ साहित्यकार अल्पविराम पोखरेलीको पाँचौं कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरे।

Hardik ivf

आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उनले मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताए।

उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनले बताए।

साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउँदै लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको उल्लेख गरे।

कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाउँदै समाजमा देखे भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेको बताए।

अप्पविरामका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्ईरश्वर छैनन् गरी दुई कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी दुईवटा मुक्तक सङ्ग्रह प्रकाशित छन्।

साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए। लघुकथा समाज, प्रदेश १ की अध्यक्ष ममता मृदुल, लघुकथा प्रतिष्ठान पोखराका संस्थाका सचिव कल्याण पन्त, सदस्य रुपिन्द्र प्रभावी, सदस्य विष्णु बाँस्तोलालगायतले लघुकथाको साहित्यिक महत्वका विषयमा आफ्ना धारणा राखे।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्