Kathmandu Press

एसिया कपका लागि नेपाली युवा टोली घोषणा

काठमाडौं, भदौ ५ : श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।

रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषण....

एसिया कपका लागि नेपाली युवा टोली घोषणा

काठमाडौं, भदौ ५ : श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।

रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। यसमा रीत गौतम, पवन सर्राफ, मोहम्मद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रशिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी रहेका छन्।

मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन्। त्यस्तै, ब्याटिङ प्रशिक्षकमा अपूर्वा देसाई, व्यवस्थापकमा राजु खड्का र फिजियोथेरापिस्टमा विक्रम न्यौपाने रहेका छन्।

भदौ १९ देखि २८ गतेसम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपालले समूह ‘बी’मा बंगलादेश, श्रीलंका र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘ए’मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्।

नेपालको पहिलो खेल भदौ २० गते श्रीलंकासँग हुनेछ। त्यस्तै, भदौ २२ मा बंगादेश र २४ गते यूएईसँग खेल्नेछ।

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, भदौ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्