चाडपर्वका लागि चिनी आयात खुला
काठमाडौं, भदौं ४ : सरकारले एक वर्षसम्म रोकेको विदेशबाट चिनीको आयात खुलेको छ। चाडपर्वलाई लक्षित गरी चिनीको आयात खुला गरिएको हो।
चाडपर्वल....

काठमाडौं, भदौं ४ : सरकारले एक वर्षसम्म रोकेको विदेशबाट चिनीको आयात खुलेको छ। चाडपर्वलाई लक्षित गरी चिनीको आयात खुला गरिएको हो।
चाडपर्वलाई ध्यानमा राखेर चिनीको आयात खुलाइएको उद्योग वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। आयात खुलेसँगै विभागले चिनी आयात गर्न लागेको उनले बताए।
सरकारले गत भदौदेखि चिनी आयातमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला चैतसम्म प्रतिबन्ध लगाएको थियो।
त्यसपछि फेरि, वैशाख २ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तीन महिनाका लागि बन्देज लगाएको थियो। निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी परिमाणात्मक बन्देजको अवधि तीन महिना थप्ने निर्णय गरेको जनाएको थियो।
सरकारले बन्देज लगाएको तीन महिनाको अवधि असारमा सकिएको छ। बन्देज लगाउने अर्को आदेश नआएकाले साउनदेखि चिनीको आयात भइरहेको वाणिज्य विभागका महानिर्देशक गौचनले बताए। खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर बनाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चिनी आयात गर्ने सरकारको योजना रहेको छ।
साउनदेखि चिनीमा प्रतिबन्ध नलगाइएको महानिर्देशक गौचनले बताए। चाडपर्वका बेला चिनीको कालोबजारी नहोस् भनेर थप आयात गर्न लागिएको उनले बताए। ‘विगतका वर्षमा जस्तो चिनीको कालोबजारी र अभाव सिर्जना हुन नदिन थप मात्रामा चिनी आयात गर्न लागिएको छ,’ महानिर्देशक गौचनले काठमाडौंप्रेससँग भने।
देशभित्रैका चिनी उद्योगसँग पनि प्रशस्त चिनी रहेको नेपाल चिनी उत्पादक महासंघले जनाएको छ। महासंघका अनुसार अहिले ८५ देखि ९० मेट्रिक टन चिनी उद्योगीहरूसँग रहेको रहेको छ।












-1764753058.png)