भारतीय विदेशमन्त्री एस. जयशंकर काठमाडौंमा
काठमाडौं, भदौ ४ : भारतका विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमणमा आएका छन्। उनी मध्याह्न १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेक....
काठमाडौं, भदौ ४ : भारतका विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमणमा आएका छन्। उनी मध्याह्न १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएयता पहिलो पटक भारतीय मन्त्री नेपाल आएका हुन्। उनलाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत मन्जीभ सिंह पुरी विमानस्थल पुगेका थिए।
भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयागको बैठकमा सहभागी हुन नेपाल आएका हुन्।
नेपाल–भारत संयुक्त आयोगको बैठक आज र भोलि काठमाडौंमा बस्दै छ। बैठकमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने कार्यसूचि तयार गरिएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। उनी दिउसो २ बजे प्रधानमन्त्री ओलीलाई भेट्ने जनाएको छ।
दुई दिने नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम तय गरिएको छ। उनले भोलि बिहान १० बजे राष्ट्रपतिलाई भेट्नेछन्।