Kathmandu Press

बालबालिकाका लागि एक करोड खोप बुक

काठमाडौं, मंसि ८ : सरकारले बालकालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप एक करोड डोज खरीद गर्न लागेको जनाएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८...
बालबालिकाका लागि एक करोड खोप बुक

काठमाडौं, मंसि ८ : सरकारले बालकालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप एक करोड डोज खरीद गर्न लागेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ गरिएको बताए। त्यस्तै, १८ वर्षभन्दा माथिका नागरिकका लागि तीन करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको उनले जानकारी दिए।

विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सरकार तयारी गरिरहेको उनको भनाइ थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ।

जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ विद्यार्थी छन्। त्यस्तै, नौ वर्षभन्दा माथिका ३६ लाख ४२ हजार २७४ विद्यार्थी छन्।

अहिले १२ वर्षमाथिका बालबालिकालाई फाइजर खोप लगाउन थालिएको थियो। पहिलो चरणमा गत साता खोप लगाइएको थियो। अब दोस्रो चरणमा यो महिनाको अन्तिम साता खोप लगाउने सरकारको तयारी छ।

प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्