Kathmandu Press

११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो। 
११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धार

काठमाडौं, भदाै २० : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो। 

उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ। 

भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो। 

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, भदौ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्