Kathmandu Press

यू १९ क्रिकेट : प्रदेश १ र लुम्बिनी विजयी

काठमाडौं, मंसिर ७ : आजबाट सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । मंगलबार भएको...
यू १९ क्रिकेट : प्रदेश १ र लुम्बिनी विजयी

काठमाडौं, मंसिर ७ : आजबाट सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । मंगलबार भएको प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले हराउँदा लुम्बिनीले गण्डकी प्रदेशमाथि ९ विकेटको जित निकाल्यो । 

बलियो बागमतीविरुद्ध प्रदेश १ लाई जित दिलाउन लव कामतले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३३ रन बनाए भने बलिङमा ५ विकेट लिए । खेलमा पहिला ब्याटिङ गर्दै प्रदेश १ले दिएको १७६ रनको लक्ष्य पछ्याएको बागमतीले ३१.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो।

बागमतीका लागि विपिन शाहीले सर्वाधिक ४३ तथा विवेक मगरले ४२ रन बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन् । प्रदेश १ का लव कामतले ६ ओभरमा २६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने दिपेश कँडेलले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४५.३ ओभरमा अलआउट हुँदै १७५ रन बनाएको थियो। उसका लागि दिपक जोशी र लव कामतले समान ३३ रन बनाए । यस्तैरु सोनु अन्सारीले ३२ र दिपेश कँडेलले २३ रन बनाए । बागमतीका तिलक भण्डारी र क्रिस कार्कीले समान ३ विकेट लिए ।

यसैगरी मंगलबार नै मुलपानी मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ९ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा जम्मा २३ रनमा समेटियो। गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । उसका सात खेलाडीले खाता खोल्न सकेनन्। 

गण्डकीका अर्जुन कुमालले ६ तथा विष्णु पाण्डे ५ रन बनाए । गण्डकीको इनिङ ध्वस्त बनाउने क्रममा लुम्बिनीका मोहम्मद हुसैनले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ७ विकेट लिए। 

२४ रनको विजयी लक्ष्य लुम्बिनीले ५.५ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाए। विराट भण्डारी ८ रनमा अविजित रहे। 

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुने छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले कर्णाली प्रदेशको सामाना गर्ने छ भने मूलपानीमा गण्डकी प्रदेशले बागमती प्रदेशसँग खेल्नेछ।

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्