Kathmandu Press

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का विजयी

काठमाडाैं, मंसिर ७ : नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित भएका छन्। पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न...
कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का विजयी

काठमाडाैं, मंसिर ७ : नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित भएका छन्। पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्काले १५० मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १४० मत प्राप्त गरे। 

यस्तै, सचिवमा रजनी थापा (१६७), पञ्चकुमारी श्रेष्ठ (१७७), सहसचिवमा राजु भण्डारी (१६८) र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी भएकाे कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले बताए।

काठमाडौँ क्षेत्र नं ५ मा ३२८ मतदाता रहेकोमा ३२१ मत खसेको थियो। क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताए। यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन्।

प्रकाशित मिति: १९:५७ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्