Kathmandu Press

उषा र लोमुस फिचर्ड ‘एक वचन बोल्दैमा’ सार्वजनिक

काठमाडौं, मंसिर ५ : गायक सुदीप कुमार थकालीको ुरकस्टारु एल्वममा समावेश ‘उडी जाने पन्छी’ बोलको  भिडियोको सफलतापश्चात सोही एल्बमभित्र संगृहीत गीत ‘एक बचन बोल्दैमा’...
उषा र लोमुस फिचर्ड ‘एक वचन बोल्दैमा’ सार्वजनिक

काठमाडौं, मंसिर ५ : गायक सुदीप कुमार थकालीको ‘रकस्टार’ एल्बममा समावेश ‘उडी जाने पन्छी’ बोलको  भिडियोको सफलतापश्चात सोही एल्बमभित्र संगृहीत गीत ‘एक बचन बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँसु लामाको शब्द, सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  

Hardik ivf

विगत एक दशक देखि जापानमा बस्दै आएका गायक थकाली शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त छन्।  यसअघि  उनले  ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’  बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

नयाँ  गीतलाई दर्शकश्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रकाशित मिति: १७:११ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्