बौद्ध धर्म के हो ?
बौद्ध दर्शन अनात्मवादी र निरीश्वरवादी दर्शन हो। यसले संसारका सबै वस्तु क्षणिक छन् भन्ने मान्यता राख्छ। यसले कुनै ग्रन्थलाई स्वतः प्रमाण मान्दैन, बुद्धिको स्वतन्त्रताका लागि कुनै ग्रन्थको अधिनमा रहनु र त्यसलाई स्वतः प्रमाण मान्नु गलत हो भन्ने मान्छ।काठमाडाैं, मंसिर ४ : नेपालको कपिलवस्तुमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा ५६० ईशापूर्वमा सिद्धार्थ गौतमको जन्म भयो। उनैले प्रचार गरेको धर्म नै बौद्ध धर्मको रूपमा स्थापित छ।
सिद्धार्थ गौतम जन्मेको सातौँ दिनमै उनकी आमाको मृत्यु भयो। पालनपोषण भने सुद्धोधनकी अर्की रानी प्रजापतीले गरिन्। उनले १६ वर्षकै उमेरमा वैदिक विद्या र क्षेत्रीय राजधर्म ग्रहण गरिसकेका थिए। त्यसै वर्ष उनको यशोधरासँग विवाह पनि भयो। सुद्धोधनले सिद्धार्थलाई सम्पूर्ण भोगविलासमा दरबारमा पालिरहेका थिए। तर, सिद्धार्थ दरबारी भोगविलासबाट वाक्क भएर बाहिर निस्किए र मानिस कमजोर, वृद्ध, रोगी, बिरामी हुने र मृत्युसम्म पुग्नुपर्ने तथ्य बुझे। २९ वर्षको उमेरमा दरबार राज्य, सात दिनको छोरा राहुल र पत्नी छाडेर रामग्राम राज्य पार गरे।
गौतम बुद्ध बुद्धिवादी थिए। उनी शारीरिक आवश्यकतालाई कम मान्थे र सधैं प्रशन्न रहनेमा जोड दिन्थे। अहंकार शत्रु हो भन्ने पक्षमा उनी थिए। बुद्ध धर्मले आफ्नो आधारभूत जीवन शक्ति हिन्दू धर्मबाट ग्रहण त ग¥यो, तर हिन्दू धर्मको विकृतिको विरुद्ध खनियो पनि।
बुद्धले दैविक सत्तालाई अस्वीकार गरे। उनले आपूm आफैंद्वारा प्रकाशमान होऊ, अरूबाट सुने सुनाएको कुरामा विश्वास नगर भने। गौतम बुद्ध पनि कर्मकाण्डका घोर विरोधी थिए। उनी भन्थे– धार्मिक अनुष्ठानले मान्छे स्वतन्त्र हुन पाउँदैन, बाँधिन्छ। उनी कोरा कल्पनामा होइन व्यावहारिकतामा विश्वास गर्थे। उनी समाजलाई परम्परागत सोचबाट मुक्त पार्न चाहन्थे।
बुद्ध धर्मले ‘अलौकिक’मा विश्वास गर्दैन। शकुन–विचार, भविष्यवाणीजस्ता कुरालाई बुद्ध धर्मले बेकारको ठान्दछ। बुद्धका अनुसार, जो आफ्नै लागि जान्दछ, ऊ सच्चा मान्छे हो। निजी अनुभवले नै सत्य पत्ता लाग्छ भन्ने उनको मान्यता थियो। बुद्ध धर्मलाई वैज्ञानिक मानिन्छ। प्रत्यक्ष अनुभवबाट प्राप्त ज्ञान नै सत्य हो भन्ने उनको भनाइ थियो। बुद्ध धर्ममा व्यावहारिकतालाई जोड दिइन्छ। व्यावहारिक तरिकाबाट समस्याको समाधान निकाल्नुपर्ने मान्यता यसमा छ। जीवनमा दुःख छ, तर त्यसलाई हटाउन सकिन्छ भन्ने आरोग्यकर सन्देश यसमा छ।
गौतम बुद्धले मान्छे, उसको स्वभाव र विकासमा भएको गतिशीलता पहिल्याउन जोड दिएका छन्। त्यसैले बुद्ध धर्म एक मनोवैज्ञानिक धर्मको रूपमा अघि बढेको छ। बुद्ध धर्म जातभातको भेदभाव छैन, पूर्ण लोकतान्त्रिक छ। बुद्धले चार आर्यसत्यको व्याख्या गरे। त्यस अनुसार जीवनमा दुःख छ। रोग, जर्जरता, मृत्यु, इन्द्रीय सुखको खोज सबैमा दुःख छ। दुःखको कारण थाहा पाउनुपर्छ र त्यसबाट छुटकारा प्राप्त गर्नुपर्छ। जन्म मरणको चक्रले दुःख बढिरहेको छ। तृष्णाको विनाशमै दुःखको नाश हो। स्वहितको सङ्कीर्ण सीमाबाट माथि उठ्न सक्यौँ भने हामीलाई दुःखबाट मुक्ति मिल्छ। जीवनप्रति आशावादी हुनुपर्नेमा बुद्ध धर्म जोड दिन्छ।
बुद्ध धर्मले आत्मा छ भन्ने कुरामा विश्वास गर्दैन, पुनर्जन्म र कर्ममा भने विश्वास राख्छ। आत्मा एउटा शरीर छाडेर अर्कोमा प्रवेश गर्दछ भन्ने मान्यता बुद्ध धर्ममा छ। बुद्धका अनुसार पुनर्जन्मको अर्थ एकको जन्मको कारण अर्को जन्म हुन्छ भन्ने हो।
गौतम बुद्धको मृत्युपश्चात् बुद्ध धर्मका अनुयायीले नै बुद्धका उपदेशलाई आ–आफ्नो अर्थ लगाउन थाले। ती अर्थ लगाउनेहरू तीन प्रश्नको उत्तरमा विभाजित भए– १) मान्छे स्वतन्त्र छ कि दोस्रोमा निर्भर छ ? २) मान्छेको जगत्सँग के सम्बन्ध छ ? ३) मान्छेको सबैभन्दा राम्रो अंग के हो— मस्तिष्क वा हृदय ?
यस अनुसार बुद्ध धर्म पनि महायान र हीनयान सम्प्रदायमा विभाजन भयो। हीनयानका अनुयायीले आपूmलाई थेरवादी पुकार्न थाले। थेरवादीहरू मान्छेलाई व्यक्तिको रूपमा स्विकार्छन्, कोही कतै अधिमानवीय ईश्वर छैन र मान्छे स्वावलम्बी हुनुपर्नेमा जोड दिन्छन् तर महायानीहरू जीवन एक हो तर व्यक्तिको भाग्य दोस्रोसँग जोडिएको हुन्छ भन्छन्।
थेरवादी बुद्धधर्म भिक्षुमा केन्द्रित छ, महायान साधारण व्यक्तिमा केन्द्रित छ। थेरवादीहरू बुद्धलाई महात्मा मान्छन्, तर महायानीहरू बुद्धलाई मोक्षदाता मान्छन्। थेरवादमा कर्मकाण्डको कुनै स्थान छैन, तर महायानमा त्यसको थोरै अंश छ। त्यसमा महायानलाई ठूलो सफलता मिल्यो। महायानबाट प्रभावित भएरै सम्राट अशोकले धर्म परिवर्तन गरे। पछि महायान धर्म पनि विभक्त भएर ‘ध्यान’लाई विशेष महŒव दिने जेन धर्म जापानमा प्रादूर्भाव भयो।
बौद्ध दर्शन अनात्मवादी र निरीश्वरवादी दर्शन हो। यसले संसारका सबै वस्तु क्षणिक छन् भन्ने मान्यता राख्छ। यसले कुनै ग्रन्थलाई स्वतः प्रमाण मान्दैन, बुद्धिको स्वतन्त्रताका लागि कुनै ग्रन्थको अधिनमा रहनु र त्यसलाई स्वतः प्रमाण मान्नु गलत हो भन्ने मान्छ।
बौद्ध दर्शन सुरु हुनुअघि पुरोहितवाद र ब्राह्मणलाई सर्वोच्च मान्नुपर्ने भ्रम समाजमा बेस्सरी फैलाइएको थियो। ब्राह्मण जन्मजात बुद्धि भएका र ईश्वरका प्रिय हुन्छन् भन्ने कुरा ब्राह्मणले नराम्ररी फैलाइसकेका थिए। १६ संस्कार ब्राह्मणको उपस्थितिमा गर्नुपर्ने तानाबाना बुनियो। यो षड्यन्त्रका मुख्य आधार ईश्वर, वेद, शास्त्र पुराण, आत्मा आदि बने।
थोरै पुजारी तथा ब्राह्मणको स्वार्थका लागि पूरै समाजलाई शोषणको जालोमा फसाइयो। यसको विरुद्ध विश्वामित्र, जनकजस्ता नेताहरू समेतलाई ब्राह्मणवादको विरोध रोकियो। जनक, विश्वामित्र जस्ता क्षेत्रीय नेताको ब्राह्मणवादको विरोधभन्दा पनि त्यस्तो प्रथा आपूmद्वारा सञ्चालन गर्न पाउनुपर्छ भन्नेमा थियो। त्यस अवस्थामा गौतम बुद्ध अत्यन्त क्रान्तिकारी रूपमा उभिए। उनी सत्यलाई सत्य असत्यलाई असत्य ठह¥याउनुपर्छ भन्ने पक्षमा प्रस्तुत भए।
उनले भने, ‘निरन्तर कामवासना तथा तृष्णामा लिप्त हुने जीवन निकृष्ट हो। त्यस अतिरिक्त शरीरलाई अनेकौँ कष्ट दिएर निष्काम गर्ने जीवन पनि निन्दनीय हो। सत्य त यी दुवैमा सन्तुलन ल्याउनुमा छ। वाणी, संकल्प, दृष्टि, कर्म, जीविका, श्रम, चिन्तन र ज्ञानको शुद्धता नै सबैभन्दा ठूलो जप हो। त्यसो हुने प्रयासले जीवन सफल र सुखद बन्न सक्छ। यसरी गौतमबुद्ध पलायनवादी र व्यक्तिवादी जस्ता समाजविरोधी मान्यताको प्रचार गरी वैदिक कर्मकाण्डको भ्रमजाल फैलाउनेको विरुद्ध विद्रोह गरे।
बुद्धले ठूलो चिन्तनपश्चात् समाज अधोगतिको मुख्य कारण पुरोहितवाद हो भन्ने निष्कर्षमा पुगे। ब्राह्मणले राजामा ठूलो शक्ति छ, त्यही शक्तिको आधारमा जनताको जुनसुकै सम्पत्ति पनि लिन पाउँछ, राजाले ठूलाठूला यज्ञ गरेर पुरोहितलाई दान गर्नुपर्नेमा उक्साए। राजाहरू आफ्ना पाप पखाल्ने र आपूm शक्तिशाली बन्ने अभिप्रायले ठूलाठूला यज्ञ गर्न थाले। गाई, घोडा, गोरु, भेडा, बाख्राहरू राजाले किसानसँग खोसेर पुरोहितलाई दान गर्थे।
किसानले त्यसको विरोध गरे ब्राह्मणले सोझै नरक पठाइदिन सक्छन् भन्ने विश्वासले घर गरेको थियो। बुद्धले त्यस्तो अन्धविश्वासको विरोध गरे। बुद्धले सत्य आफैँले यकिन गर्ने हो अरूको लहैलहैमा लागेर होइन भने।