Kathmandu Press

सभामुखलाई खतिवडाले बुझाए राजीनामा 

निजामती विधेयकमा भएको कर्मचारीका लागि कुलिङ पिरियड गडवडी प्रकरणमा विवाद उठेपछि भएको संसदीय छानबिन प्रतिवेदनले जिम्मेवार ठहर गरेका कारण उनले नैतिक रुपमा राजीनामा दिएका हुन्। 
सभामुखलाई खतिवडाले बुझाए राजीनामा 

काठमाडौं, साउन २८ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले सभामुखलाई राजीनामा बुझाएका छन्।

खतिवडाले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए। निजामती विधेयकमा भएको कर्मचारीका लागि कुलिङ पिरियड गडवडी प्रकरणमा विवाद उठेपछि भएको संसदीय छानबिन प्रतिवेदनले जिम्मेवार ठहर गरेका कारण उनले नैतिक रुपमा राजीनामा दिएका हुन्। 

Hardik ivf

‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु,’ संसदमा खतिवडाले भनेका थिए। 

खतिवडाको राजीनामा पत्रमा उल्लेख छ, ‘कुलिङ पिरियड ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’ 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्