राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशन राजधानीमा शुरु
काठमाडौं, मंसिर ३ : राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशन राजधानीमा शुरु भएको छ ।आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित अधिवेशनको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन...
काठमाडौं, मंसिर ३ : राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशन राजधानीमा शुरु भएको छ ।
आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित अधिवेशनको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू सधै तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा सङ्गीत कर्मी सङ्घले मन्त्री आलेलाई सम्मान समेत गरेको थियो । २ दिनसम्म चल्ने महाधिवेशन अन्तर्गत भोली बन्द सत्र शुरु हुने कलाकार एवं प्रदेश नं ५ का संयोजक बिनोद ढकालले जानकारी दिए ।
प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












