Kathmandu Press

मिस नेपाल अनुष्का बनिन् वाणिज्य बैंकको ब्रान्ड एम्बासडर 

काठमाडौं, भदौ २ : राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले के....

मिस नेपाल अनुष्का बनिन् वाणिज्य बैंकको ब्रान्ड एम्बासडर 

काठमाडौं, भदौ २ : राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रिय कार्यालयमा सोमबार एक कार्यक्रमका बीच मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो। वाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ। 

Hardik ivf

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले व्यवसायी र बैंकका ग्राहक तथा सर्वसाधारणमा भएको विगतको छविलाई यो सम्झौताले सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंक र यसले बनाएको कार्यक्रमले आफूलाई  उत्साही बनाएको बनाइन्। आफ्नो सहभागिताले जनमानसमा आर्थिक र बित्तीय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको उनले बताइन्।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए।
 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्