Kathmandu Press

निजगढमा प्रश्न : एउटा विरुवा नरोप्ने २४ लाख रुख काट्ने?

काठमाडौं, भदौ २ : निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रुख नकाट्न अभियन्ताहरूले आग्रह गरेका छन्। उनीहरू वातावरण संरक्षणका लागि खबरदारी गर्दै आज माइती....

निजगढमा प्रश्न : एउटा विरुवा नरोप्ने २४ लाख रुख काट्ने?
रिवाज राई

काठमाडौं, भदौ २ : निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रुख नकाट्न अभियन्ताहरूले आग्रह गरेका छन्। उनीहरू वातावरण संरक्षणका लागि खबरदारी गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रिएका अभियन्ताहरूले चुरे संरक्षणमा जोड दिएका छन्। उनीहरू निजगढ विमानस्थलका नाममा रुख नमास्न खबरदारी गरेका छन्। उनीहरूले प्रश्न गरेका छन्, ‘एउटा विरुवा नरोप्ने २४ लाख रुख काट्ने?’

माइतीघर मण्डलमा भेला भएका अभियन्ताले निजगढ विमानस्थलका नाममा तराईको जंगल विनास नगर्न आग्रह समेत गरेका छन्।

 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्