Kathmandu Press

आइकाओको एसिया प्रशान्त सम्मेलन काठमाडौंमा

काठमाडौं, भदौ १ : अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ) ले ५६ औ  एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा गर्ने भएको छ।

आइकाओको एसिया प्रशान्त सम्मेलन काठमाडौंमा

काठमाडौं, भदौ १ : अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ) ले ५६ औ  एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा गर्ने भएको छ।

सम्मेलन आइकाओले हरेक वर्ष गर्न सम्मेलन यसवर्ष भने नेपालमा गर्न लागेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलन भोली सोमबार देखि पाँच दिनसम्म काठमाडौंमा चल्ने नेपाल नागरिक उड्डनय प्राधिकरणले जनाएको छ । यसवर्ष आइकाओले ‘क्षमताको सिमितता मेट्न गरिने साझा सम्बोधन’ भन्ने नारा तय गरेको छ।
 
पाँच दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुने भएको छ।   सम्मलेनमा एसिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन संठगनका ४३ देशका २ सय ९१ प्रतिनिधिसहित ६ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महाननिर्देशक राजन पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए  ।  सम्मेलनमा नेपालको तर्फबाट ३३ जना प्रतिनिधि सहभागि हुने छन्।
  
यसअघि पनि नेपालले सन् १९७८ र १९९८ मा यस्तो सम्मेलन आयोजना गरेको थियो। यसपटक नेपालमा हुने सम्मेलन सबैभन्दा ठूलो सम्मेलनसमेत हुने पोखरेलले जानकारी दिए।

अहिलेसम्म भएको एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलनमध्ये बेइजिङमा भएको सम्मेलनमा २ सय ३६ जनाको सहभागिता रहेको थियो । सम्मेलनमा यस क्षेत्रमा सरोकार राख्ने अन्य १६ वटा संस्थाहरुले समेत प्रदर्शनी गर्नेछन्।
 
सम्मेलनको उद्घाटन सत्रमै आइकाओको ७५औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको चुचुरोमा पुर्‍याइएको आइकोआको विषेश झन्डासमेत हस्तान्तरण हुने महानिर्देशक पोखरेलले जानकारी दिए । सम्मेलनमा हवाई क्षेत्रसंग सम्बिन्धित १२ वटा परिपत्र प्रस्तुत हुने छ । 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, भदौ १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्