Kathmandu Press

यात्राको टिजर सार्वजनिक

काठमाडौं, माघ १७– पहिलो फिल्म ‘ए मेरो हजुर’बाट चर्चा कमाएका सलिन मान वानियाँको दोस्रो फिल्म यात्राः अ म्युजिकल भ्लगको टिजर सार्वजनिक भएको छ ।

....
यात्राको टिजर सार्वजनिक

काठमाडौं, माघ १७– पहिलो फिल्म ‘ए मेरो हजुर’बाट चर्चा कमाएका सलिन मान वानियाँको दोस्रो फिल्म यात्राः अ म्युजिकल भ्लगको टिजर सार्वजनिक भएको छ ।

काठमाडौं, सुन्धाराको सीटीसी मलमा बिहीबार पत्रकार सम्मेलन गरी टिजर सार्वजनिक गरियो । यो फिल्मबाट मलिका महतले डेब्यू गर्दैछिन् ।

फिल्म निर्माण घोषणाको करिब १ वर्षपछि चैत २९ गते यात्रा रिलिज हुने भएको छ । निर्देशक सम्राट शाक्यले प्रतिकूल समय र मौसमका कारण फिल्म निर्माण ढिलो भएको बताए ।

त्यस अवसरमा शाक्यले यात्रा फिल्मको प्रचारका लागि आयोजना गरिएको भ्लग प्रतिस्पर्धाबारे पनि जानकारी दिए । यो प्रतिस्र्धामा विश्वभरि छरिएर बसेका नेपाली दर्शकले आफ्नो भ्लग पठाई भाग लिन सक्नेछन् ।

कार्यक्रममा फिल्मका मुख्य नायक सलिन बानियाँले भने तिलिचो तालमा सुटिङ गर्दा पनि नलागेको चिसो काठमाडौंमा लागेको भन्दै खासै धेरै बोलेनन् ।

यात्रामा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली र सौगात शर्मालगायतको अभिनय छ ।

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, माघ १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्