Kathmandu Press

एलोन घिमिरे र समीक्षा अधिकारीको आवाजमा ‘वनको फूल’

काठमाडौं, कात्तिक २८ : गीतकार, संगीतकार तथा गायक एलोन घिमिरेको शब्दरसंगीत र स्वरमा रहेको गीत ‘वनको फूल’ सार्वजनिक भएको छ। गायक घिमिरेलाई लोकप्रिय गायिका...
एलोन घिमिरे र समीक्षा अधिकारीको आवाजमा ‘वनको फूल’

काठमाडौं, कात्तिक २८ : गीतकार, संगीतकार तथा गायक एलोन घिमिरेको शब्द/संगीत र स्वरमा रहेको गीत ‘वनको फूल’ सार्वजनिक भएको छ। गायक घिमिरेलाई लोकप्रिय गायिका समीक्षा अधिकारीले आवाजमा साथ दिएकी छन्। 

शुक्रबार एलोन–प्रकाश अफिसियल यूटुव च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र नवनायिका चाँदनी शिल्याले अभिनय गरेका छन्। 

प्रविन थापाले निर्देशन गरेको गीतको चलदृश्यमा गीतले प्रस्तुत गरेको प्रेम जोडी बीचको समर्पित भावलाई देखाइएको छ। 

प्रस्तुत गीतको एरेन्ज चर्चित एरेन्जर कृष्ण विक भान्जाले गरेका हुन भने गीतको अडियो भिडियो निर्माण समीर मिडियाले गरेको हो ।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्