Kathmandu Press

हरि अभिनव पुरस्कार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरलाई

हरि अभिनव पुरस्कार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरलाई

काठमाडौं, कात्तिक २७ : यस वर्षको हरि अभिनव पुरस्कार साहित्यकार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई प्रदान गरिएको छ।

अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पुडासैनीलाई रु १५ हजार नगद र अभिनन्दनपत्रसहित सम्मान गरिएको थियो। साहित्यकार ‘एसपी आशा’ भने अस्वस्थ रहेकाले यसअघि नै उनकै निवासमा गई रु १५ हजार नगदसहित अभिनन्दन पत्रले सम्मान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए।

Hardik ivf

सो अवसरमा अध्यक्ष ‘वेदमणि’ को कृति ‘शृङ्गार धारा’ को विमोचन गरिएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जगतप्रसाद उपाध्यायले माधवप्रसाद घिमिरेपछि वार्णिक र मात्रिक छन्दमा कविता लेख्ने कवि कञ्चन पुडासैनी नै रहेका समालोचक प्रा डा वासुदेव त्रिपाठीको समालोचना सही रहेको बर्ताए।

कार्यक्रममा साहित्यकार विष्णप्रभातले पुरस्कृत व्यक्तित्वको साहित्यिक योगदानका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा परशुराम पराजुली ‘पराशर’ ले विमोचित पुस्तक ‘शृङ्गार धारा’ का बारेमा समीक्षा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न कवि एवं कवयित्रीले आ–आफ्ना रचना पाठ गरेका थिए।
 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्