Kathmandu Press

साहित्यकार परिचयपत्र वितरण हुँदै

काठमाडौं, कात्तिक २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ।आउँदो आइतबार हुने प्रतिष्ठानको ३६औं प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका...
साहित्यकार परिचयपत्र वितरण हुँदै

काठमाडौं, कात्तिक २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ।

आउँदो आइतबार हुने प्रतिष्ठानको ३६औं प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ। 

Hardik ivf

प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्याका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ।

त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ। त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ।

वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्रीवितरणको समेत व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्