Kathmandu Press

घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २३ : मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ।तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर...
घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २३ : मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ।

तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो। 

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै सस्तिँदै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, कात्तिक २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्