Kathmandu Press

‘अल्लारे मन’को साथमा आए प्रत्युष श्रेष्ठ

काठमाडौं, कात्तिक २३ : गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्।यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको...
‘अल्लारे मन’को साथमा आए प्रत्युष श्रेष्ठ

काठमाडौं, कात्तिक २३ : गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्।

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ। गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा विपना थापा र विकास जोशीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।  

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्। छबि लाल तामाङ (शिशिर) को निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। पेशाले न्युरोसर्जनका रुपमा  कार्यरत  श्रेष्ठले यस  म्युजिक भिडियोलाई  हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  
 

प्रकाशित मिति: १०:४८ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्