Kathmandu Press

गलफ्रेन्ड डिलनसँग विवाह गर्दै ‘ट्वाइलाइट’ अभिनेत्री क्रिस्टिन

चर्चित फिल्म ‘ट्वाइलाइट’की अभिनेत्री क्रिस्टिन गत दुई वर्षदेखि स्क्रिनराइटर डिलनसँग प्रेम सम्बन्धमा थिइन् । २ नोभेम्बरमा उनीहरूले आफ्नो इंगेजमेन्ट भएको घोषणा गरेसँगै चाँडै वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेको जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
गलफ्रेन्ड डिलनसँग विवाह गर्दै ‘ट्वाइलाइट’ अभिनेत्री क्रिस्टिन

काठमाडौं, कात्तिक २१ : हलिउड अभिनेत्री क्रिस्टिन स्टेवर्ट आफ्नी गलफ्रेन्ड डिलन मेयरसँग बिहे गर्ने तयारीमा छिन् ।

चर्चित फिल्म ‘ट्वाइलाइट’की अभिनेत्री क्रिस्टिन गत दुई वर्षदेखि स्क्रिनराइटर डिलनसँग प्रेम सम्बन्धमा थिइन् । २ नोभेम्बरमा उनीहरूले आफ्नो इंगेजमेन्ट भएको घोषणा गरेसँगै चाँडै वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेको जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Hardik ivf

‘हामी चाँडै बिहे गर्दैछौँ,’ क्रिस्टिनले भनेकी छन्, ‘मलाई डिलनले विवाह प्रस्ताव राखून् भन्ने चाहना थियो र उनले त्यो पूरा गरिसकेकी छन् । अब हामी वैवाहिक जीवन सुरु गर्नेछौँ ।’

स्थानीय सञ्चार माध्यमका अनुसार उनीहरूको सन् २०१३ मा चिनजान भएको थियो । सन् २०१९ मा न्युयोर्कमा एकअर्कालाई चुम्बन गरेको तस्बिर भाइरल भएको थियो । यसबाट पनि उनीहरू केही समय अगाडिदेखि नै एकअर्कालाई डेट गरिरहेको प्रष्ट हुन्छ ।

‘हरेक दिन म आफ्नो गलफ्रेन्डसँग बाहिर हिँड्दा अरूले हाम्रो फोटो खिच्छन् भनेर मलाई थाहा थियो तर पनि मलाई हाम्रो सम्बन्धबारे कुरा गर्न मन थिएन,’ एक म्यागेजिन अन्तर्वार्तामा क्रिस्टिनले भनेकी थिइन्, ‘म एक किसिमको दबाब महसुस गरिरहेकी थिएँ । मानिसहरू हाम्रो तस्बिर हेरिरहेका थिए र हाम्रोबारे लेखिएका समाचार पढिरहेकी थिएँ । म त्यतिबेला सानै थिएँ । व्यक्तिगत रूपमै आफूलाई अपमानित महसुस गरिरहेकी थिएँ । अहिले भने यसलाई म सामान्य रूपमा लिइरहेकी छु । मैले लिएको निर्णयले संघर्ष गरिरहेका अन्य व्यक्तिलाई अझ सहज पार्ने कुराले म खुशी छु ।’

डिलन मेयर स्क्रिनराइटरका साथै अभिनेत्री पनि हुन् । उनले ‘मोक्सी’, ‘रक बटम’ र ‘मिस २०५९’ जस्ता हलिउड फिल्ममा अभिनय गरेकी छन् । यस्तै, क्रिस्टिन नयाँ फिल्म ‘स्पेन्सर’ मा बेलायती राजकुमारी डायनाको मुख्य भूमिका देखिँदै छिन् । यसअघि क्रिस्टिनले सुपर मोडल स्टेला म्याक्सवेल र ‘ट्वाइलाइट’ अभिनेता रोबर्ट प्याटिन्सनलाई डेट गरेकी थिइन् ।

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्