‘मनिके मागे हिथे’को हिन्दी संस्करण आउँदै
अहिले सामाजिक सञ्जालमा भाइरल बनेको श्रीलंकन गीत ‘मनिके मागे हिथे’ को हिन्दी संस्करण आउने भएको छ ।
काठमाडौं, कात्तिक २१ : अहिले सामाजिक सञ्जालमा भाइरल बनेको श्रीलंकन गीत ‘मनिके मागे हिथे’ को हिन्दी संस्करण आउने भएको छ ।
योहिनीको स्वर रहेको उक्त गीतको संस्करण हिन्दी फिल्म ‘थ्याङ्क गड’ मा राखिनेछ । उक्त गीत सामाजिक सञ्जालमा भाइरल भएपछि अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रित सिंह स्टारर फिल्मका निर्माताहरूले आफ्नो फिल्ममा उक्त गीतको हिन्दी संस्करण राख्ने निर्णय गरेका हुन् ।
सो गीत तनिष्क बागचीले रचना गर्नेछन् भने रश्मी विरागको शब्द रहनेछ । यस्तै, ‘थ्याङ्क गड’ फिल्म इन्द्र कुमारले निर्देशन गर्नेछन् ।
निर्देशक इन्द्र कुमारले फिल्मको बारेमा एक विज्ञप्तिमा भनेका छन्, ‘हामीले छायांकन सुरु गर्न लामो समयदेखि पर्खिरहेका थियौं र अन्ततः हामी जनवरी २१ तारिखमा सुरु गर्नेछौँ । यो सन्देश सहितको कमेडी फिल्म हो । अजय, सिद्धार्थ, रकुल लगायतका स्टारहरूसँग काम गर्न पाउँदा निकै उत्साहित छु ।’












