Kathmandu Press

पहिलोपटक नेगेटिभ रोलमा अभिताभ पत्नी जया

भारतीय अभिनेत्री जया बच्चन आफ्नो फिल्मी करिअरमा पहिलोपटक नकारात्मक भूमिकामा देखिने भएकी छन् ।
पहिलोपटक नेगेटिभ रोलमा अभिताभ पत्नी जया

काठमाडौं, कात्तिक २१ : भारतीय अभिनेत्री जया बच्चन आफ्नो फिल्मी करिअरमा पहिलोपटक नकारात्मक भूमिकामा देखिने भएकी छन् ।

करण जोहरको फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’मा उनले रणवीर सिंहको षड्यन्त्रकारी हजुरआमाको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

Hardik ivf

स्रोतका अनुसार यसअघि जया नकारात्मक भूमिकामा देखिएकी थिइनन् । जब उनलाई षड्यन्त्रकारी हजुरआमाको भूमिकाका लागि प्रस्ताव आयो, उनको पहिलो प्रतिक्रिया थियो, ‘किन म?’ करणले जयालाई प्रस्ताव स्वीकार गर्नका लागि मनाउन निकै मिहिनेत गर्नुपरेको थियो । 

सुरुमा उनको चरित्रको शैतानी दिमागले कसरी काम गर्छ भनेर बुझ्न जयालाई केही कठिनाइ भयो । अहिले उनी आफ्ना लागि नौलो भूमिकामा खरो उत्रिने अभ्यास गरिरहेकी छन् ।

यस्तै, जयाकी बुहारी ऐश्वर्य राय बच्चन पनि मणि रत्नमको सिनेमा ‘पोन्नियिम सेल्भन’मा नकारात्मक पात्रको भूमिकामा देखिने भएकी छन् ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्