‘शहजादा’ का लागि कार्तिकले लिए २१ करोड पारिश्रमिक
बलिउड अभिनेता कार्तिक आर्यनले आफ्नो एक्सन चलचित्र ‘शहजादा’ का लागि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।
काठमाडौं, कात्तिक २१ : बलिउड अभिनेता कार्तिक आर्यनले आफ्नो एक्सन चलचित्र ‘शहजादा’ का लागि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।
उक्त चलचित्र साउथ सुपरस्टार अल्ल अर्जुन अभिनीत सुपरहिट फिल्म ‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेक हो । भारतीय सञ्चार माध्यमका अनुसार उक्त चलचित्रको लिड रोलमा देखिने आर्यनले लिएको पारिश्रमिक उनको सिंगल थिएट्रिकल रिलिजका लागि हालसम्मकै बढी हो ।
यो फिल्ममा आर्यनको अपोजिट कृति सेनन हुनेछिन् । २५ अक्टोबरदेखि ‘शहजादा’ को छायांकन सुरु गर्ने तयारीमा फिल्म युनिट छ । मुम्बई र दिल्लीमा फिल्म खिचिने तय भएको छ ।
एकपछि अर्को फिल्मको सफलतासँगै कार्तिकको पारिश्रमिक बढ्दो छ । निर्माताहरूले पनि मार्केट भ्यालु हेर्दै उनले मागेकै पारिश्रमिक दिने गरेका छन् । रोहित धवनले निर्देशन गर्ने यो फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज गर्ने योजना छ ।
फिल्ममा मनिषा कोइराला, परेश रावल, रोनित रोय र सचिन खेडकरको पनि भूमिका रहनेछ ।












