Kathmandu Press

एएनपी अवार्ड २०२१ : विपिन र निरुता बने सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडौं, कात्तिक १७ : विपिन कार्की सर्वोत्कृष्ट अभिनेता र निरुता सिंह सर्वोत्कृष्ट अभिनेत्री बनेका छन्। कार्कीले चलचित्र ‘जात्रैजात्रा’ र सिंहले ‘दालभात तरकारी’बाट अवार्ड...
एएनपी अवार्ड २०२१ : विपिन र निरुता बने सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडौं, कात्तिक १७ : विपिन कार्की सर्वोत्कृष्ट अभिनेता र निरुता सिंह सर्वोत्कृष्ट अभिनेत्री बनेका छन्। कार्कीले चलचित्र ‘जात्रैजात्रा’ र सिंहले ‘दालभात तरकारी’बाट अवार्ड जितेका हुन्। 

अल नेपाल पब्लिकेसन (एएनपी अवार्ड २०२१) ले २०७४ देखि २०७६ सालमा रिलिज फिल्म तथा सिर्जित सिर्जनाहरूको मूल्यांकन गरेर आयोजना गरेको अवार्ड वितरण समारोहमा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशक घोषित भए। उनले चलचित्र ‘जात्रैजात्रा’का लागि अवार्ड जितेका हुन्। 

Hardik ivf

सोमबार सम्पन्न ‘एएनपी अवार्ड २०२१’ मा छायांकनका लागि पुकार भट्टराई र सौरभ लामा, सम्पादनका लागि बनिश शाह र भुपेन्द्र अधिकारी, रेनिस फागो र सत्यम् राना भिएफएक्सबाट पुरस्कृत भए।

डिआर उपाध्यायले लोकप्रिय गीतकारको अवार्ड जित्दा मोहनकुमार खत्री र किरण माईकल घिमिरे उत्कृष्ट गीतकार बन्न सफल भए। 

अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुषालले टेलिफिल्म अभिनेत्रीको अवार्ड पाए।

अन्य विभिन्न विधामा थुप्रै कलाकारले पुरस्का प्राप्त गरे। पूर्वराज्यमन्त्री रामवीर मानन्धर, अभिनेता भुवन केसी, सरोज खनाल, बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कागायतले विजेतालाई अवार्ड वितरण गरेका थिए।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्