Kathmandu Press

लोक गायक खुमन अधिकारीलाई स्टार इन्टरनेशनल अवार्ड 

काठमाडौं, कात्तिक १७ : चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारीले ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ हात पारेका छन्। लोकतथा दोहोरी गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय...
लोक गायक खुमन अधिकारीलाई स्टार इन्टरनेशनल अवार्ड 
Hardik ivf

काठमाडौं, कात्तिक १७ : चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारीले ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ हात पारेका छन्। लोकतथा दोहोरी गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय अधिकारीले ‘टोपी किनेको’ गीतबाट ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ को अवार्ड हात पारेका हुन्। 

उनलाई ‘द बेष्ट पपुलर सिंगर अफ द इयर’ विद्याको अवार्ड प्रदान गरिएको हो। मंगलबार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा अधिकारीलाई नेपाल सरकारका रक्षामन्त्री डा। मिनेन्द्र प्रसाद रिजाल, दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डे, बरिष्ठ कलाकार मोहन निरौला र कलाकार उत्तम केसी लगायतले अवार्ड हस्तान्तरण गरेका थिए। 

अधिकारीका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘पानी कुवाको’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायतका दर्जनौ गीत चर्चामा छन् । यस्तै ‘द बेष्ट मोडल’ अवार्ड अभिषेक खड्काले प्राप्त गरे। खड्कालाई कलकते काइयो गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायक अधिकारी र गायिका शान्ति श्री परियारकाे स्वर रहेको छ।

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्