‘मुन्द्रेको कमेडी क्लब बन्द हुँदैन, ब्रेक लिन मात्र लागेका हौँ’
काठमाडौं, कात्तिक १६ : हाँस्य कलाकार जितु नेपाल रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ सिजन ल्याउने तयारीमा छन्।डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल...
काठमाडौं, कात्तिक १६ : हाँस्य कलाकार जितु नेपाल रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ सिजन ल्याउने तयारीमा छन्।
डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको उक्त सो धेरै लामो समय सञ्चालन भइसकेको र अब नयाँ फर्म्याटमा लाने योजनामा रहेको हाँस्य कलाकार जितु नेपालले जानकारी दिए ।
‘हामीले शो बन्द गर्न लागेको होइन। केही समयका लागि ब्रेक लिन लागेको मात्र हो,’ उनले काठमाडौं प्रेससँग भने ‘रियालिटी शोहरू एउटै फर्म्याटमा लामो समयसम्म चलाउँदा दर्शकहरूको आकर्षण घट्याे। त्यसैले नयाँ फर्म्याट नबनुन्जेलसम्मका लागि मात्र ब्रेक गरेको हाैँ ।’
यस्तै, विभिन्न सञ्चार माध्यममा उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होस्ट बन्ने पक्का भएसँगै यो शो बन्द गरेको कुरा अफवाह मात्र रहेको उनी बताउँछन् । ‘एउटा पात्रले छोड्दैमा शो नै बन्द हुने भन्ने हुँदैन चाँडै नै नयाँ सेटअपमा शो ल्याउने तयारीमा छौँ,’ उनले भने ‘अब आउने सोमबार यो सिजनको अन्तिम एपिसोड जान्छ । यसपछि यो सिजन ब्रेक हुन्छ ।’
नयाँ सिजन कहिलेबाट सुरु गर्ने भन्ने कुरा तय नभएको भन्दै छलफल भइरहेको उनले जानकारी दिए ।












