Kathmandu Press

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, कात्तिक १६ : अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका–६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ...
अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, कात्तिक १६ : अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका–६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साको २०७० माघ १७ गतेको फैसलाले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध माहाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको हो।

Hardik ivf

चौधरीलागायतका प्रतिवादीहरुले २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका–३२ बाट अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्