Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं, कात्तिक १६ : देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

Hardik ivf

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय सूर्य बहादुर बिक लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त भान्सा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

यसैगरी गैंडाकोट नगरपालिका–१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिम बहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा बोहरा लगायत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९३ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्