काठमाडौंमा अनुपम खेरले भेटे एक राजस्थानी बालिका, ‘अनुपम केयर’ले लियो पढाउने जिम्मा (भिडियोसहित)
अनुपम खेरसँग तस्बिर खिचाउँदै गर्दा ती बालिकाले फरर अंग्रेजी बोलिन्। र, आफूले पढ्न चाहेको इच्छा जताइन्। अनुपमलाई चाहिएकै त्यही थियो। उनले तत्काल ‘अनुपम खेर फाउन्डेसन’का अधिकारीहरूसँग कुरा गरे। अनि ती राजस्थानी बालिकाको शिक्षादीक्षाको जिम्मा फाउन्डेसनले लियो।
काठमाडौं, कात्तिक १६ : बलिउड अभिनेता अनुपम खेर फिल्म सुटिङको दौरान अहिले काठमाडौंमा छन् ।
जहाँ पुग्दा पनि त्यहाँको वातावरणसँग घुलमिल हुन रुचाउने यी अभिनेताको दैनिकी नै हुने गर्छ, घुमघाम ।
मंगलबार बिहान उनी काठमाडौंको बिहानी यात्रामा थिए । काठमाडौं त्यसै पनि संसारभर मन्दिरको सहरका रूपमा परिचित छ । उनी पनि मन्दिरको सहरमा घुम्दै थिए ।
सोही क्रममा उनले आरती नामकी एक भारतीय बालिकालाई भेटे, जो राजस्थानकी स्थायी बासिन्दा हुन् । ती बालिकाले उनीसँग पैसा मागिन् ।
अनुपम खेरसँग तस्बिर खिचाउँदै गर्दा ती बालिकाले फरर अंग्रेजी बोलिन् । र, आफूले पढ्न चाहेको इच्छा जताइन् ।
अनुपमलाई चाहिएकै त्यही थियो । उनले तत्काल ‘अनुपम खेर फाउन्डेसन’का अधिकारीहरूसँग कुरा गरे । अनि ती राजस्थानी बालिकाको शिक्षादीक्षाको जिम्मा फाउन्डेसनले लियो ।
सामाजिक सञ्जालमा अभिनेता खेरले आरतीसँगको वार्तालापको भिडियो पोस्ट गरेका छन् । तर, काठमाडौंको कुन मन्दिरबाहिर उनलाई भेटेको भन्ने उल्लेख गरेका छैनन् ।
यस्तो छ भिडियो
मुझे आरती काठमांडू में एक मंदिर के बाहर मिली।ये वैसे राजस्थान से है! उसने मुझसे कुछ पैसे माँगे! फिर मेरे साथ 1 फ़ोटो खिंचवाई।इसके बाद बहुत ही फ़र्राटेदार इंग्लिश में बात की। ये स्कूल जाकर पढ़ना चाहती है। @anupamcares ने इसकी पढ़ाई कि ज़िम्मेदारी ली है!?? #AnupamKherFondationpic.twitter.com/5CLE3Jb62U
— Anupam Kher (@AnupamPKher) November 2, 2021












