Kathmandu Press

जुवातास खेल्ने र खेलाउने चार जना पक्राउ

भक्तपुर, कात्तिक १६ : मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।भक्तपुर नगरपालिका–७ गोल्मढी...
जुवातास खेल्ने र खेलाउने चार जना पक्राउ

भक्तपुर, कात्तिक १६ : मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले गएराति उनीहरूलाई पक्राउ गर्नाका साथै ६९ हजार ७५० रुपैयाँ बरामद गरेको हो।

Hardik ivf

पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी बृत्त राखेर कारबाही अघि बढाइएको उनले जानकारी दिए।

 

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्