युएईसँग नेपाल २१ रनले पराजित
काठमाडौं, माघ १७ - काठमाडौं– टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।
युएईले ....

काठमाडौं, माघ १७ - काठमाडौं– टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।
युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले अर्धसतक प्रहार गरे । उनले अविजित ५३ रन बनाए ।
सन्दीपपछि क्रमशः सोमपाल कामीले २७ र पारस खड्काले २५ रन बनाए । युएईका लागि महम्मद नविन, सुल्तान अहमद र जहुर खानले दुई दुई विकेट लिए ।
यसअघि ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरको खेलमा युएईले ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको छ ।
युएईका लागि साइमन अनवरले ५९ रन बनाएका थिए । यसअघि युएईसँगको एक दिवसीय शृंखला नेपालले २–१ ले जितेको थियो ।











