Kathmandu Press

किसानलाई राहत रकम वितरण

चितवन, कात्तिक १६ : रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ। नगरपालिकाले दुई हजार किसानलाई झण्डै ९० लाख...
किसानलाई राहत रकम वितरण

चितवन, कात्तिक १६ : रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ। नगरपालिकाले दुई हजार किसानलाई झण्डै ९० लाख रुपैयाँ राहत वितरण गर्ने गरी काम अघि बढाएको छ।

गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो। सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ। नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका छन्। उनका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ।

Hardik ivf

रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ । वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्ण रूपमा क्षति भएको छ। प्रतिबिघा रु १० हजारका दरले रु ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए। धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए। सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ। उनले वडा कार्यालयबाट रु ५५ हजार राहत रकम प्राप्त गर्नेछन्।

 

प्रकाशित मिति: १०:१६ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्