Kathmandu Press

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, कात्तिक १६ : दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, कात्तिक १६ : दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।

 

प्रकाशित मिति: १०:०७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्