Kathmandu Press

अब त्रिभुवन विमानस्थलमा एक हजार दुई सयमै पीसीआर परीक्षण

काठमाडौं, कात्तिक १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब एक हजार दुई सय मात्रै...
अब त्रिभुवन विमानस्थलमा एक हजार दुई सयमै पीसीआर परीक्षण

काठमाडौं, कात्तिक १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब एक हजार दुई सय मात्रै लिन पाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो। वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो आएपछि मन्त्री आलेले घटाउन निर्देशन दिएका हुन्।

Hardik ivf

रोजगारीका लागि तेस्रो मुलुक जाने युवाबाट पिसिआर परीक्षणको शुल्क दुर्र्इ हजार लिँइदै आएको थियो। अब एक हजार दुई सय मात्रै लिइने भएको छ।

पीसीआर परीक्षण शुल्क घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए। विमानस्थल परिसरभित्र स्टार अस्पताल, टिजी मेडिसिन डिष्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोष्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पिसिआरका लागि नमूना सङ्कलन गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटिभ आरटी–पिसिआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घन्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। यसका लागि विमानस्थलको गोल्डनगेटसँगको आइएमएस बिल्डिङमा आठवटा प्रयोगशालाले नमूना सङ्कलन गर्दै आएका छन्। (रासस)

प्रकाशित मिति: ०७:१२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्