Kathmandu Press

विभिन्न स्थानबाट पटाका बरामद

काठमाडौं, कात्तिक १५ : नवलपरासी (पश्चिम), कञ्चनपुर र सर्लाहीबाट विभिन्न पटाका बरामद गरेका छन्।नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ टिसिएन चोकस्थित सडकमा भैरहवाबाट नारायणघाटतर्फ जाँदै गरेको...
विभिन्न स्थानबाट पटाका बरामद

काठमाडौं, कात्तिक १५ : नवलपरासी (पश्चिम), कञ्चनपुर र सर्लाहीबाट विभिन्न पटाका बरामद गरेका छन्।

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ टिसिएन चोकस्थित सडकमा भैरहवाबाट नारायणघाटतर्फ जाँदै गरेको ना२ख ४५४५ नम्बरको बसबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको ४ बोरा विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ।

Hardik ivf

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसभित्र बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो।

सर्लाहीको बसवरिया गाउँपालिका–२ बागमती नदीको बाधबाट करिब ५ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका ३४ प्याकेट पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्त उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो। 

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्