अवैध लागूऔषधसहित सिन्धुलीमा दुईजना पक्राउ

सिन्धुली, कात्तिक १५ : अवैध लागूऔषधसहित सिन्धुलीमा दुईजना पक्राउ परेका छन्।
कमलामाई नगरपालिका–६ माझिटारस्थित सडकबाट अवैध लागूऔषधसहित उनीहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ख ८९०४ नम्बरको हाईस गाडीमा सवार सिरहा, सिरहा नगरपालिका–१८ बस्ने २५ वर्षीय मनोजकुमार कुर्मी र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ७४३९ नम्बरको गाडीमा सवार सर्लाही बागमती नगरपालिका–११ बस्ने २३ वर्षीय डेनिस बानियाँ रहेका छन् ।
उक्त सडकस्थित प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा मनोजलाई ४१ ग्राम ३ सय ९० मिलिग्राम अवैध लागूऔषध गाँजा र १ सय एमएलको २ बोतल लागूऔषध जस्तो देखिने कोडिवेल लेखिएको झोल पदार्थ तथा डेनिसलाई १ सय एमएलका २ बोतल विनसिरेक्स लेखिएको लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
