Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, कात्तिक १५ : जुवातास खेलिरहेको अवस्थामा सुनसरीबाट १५ र बाँकेबाट दुई गरी १७ जना पक्राउ परेको छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा...
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, कात्तिक १५ : जुवातास खेलिरहेको अवस्थामा सुनसरीबाट १५ र बाँकेबाट दुई गरी १७ जना पक्राउ परेको छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५५ 

बाँकेको खजुरा गाउँपालिका–२ ए गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका–३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराइज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्