Kathmandu Press

‘कानुनको परिधिमा रही जनचाहनाबमोजिम प्रहरी सेवा प्रदान गर्नुहोस्’ 

ओखलढुंगा, कात्तिक १५ : १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले गाँसबासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीलाई काम गर्न थप...
‘कानुनको परिधिमा रही जनचाहनाबमोजिम प्रहरी सेवा प्रदान गर्नुहोस्’ 

ओखलढुंगा, कात्तिक १५ : १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले गाँसबासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने बताए। 

ओखलढुंगाको कोषाहाटमा नवनिर्मित प्रहरी चौकी कार्यालय भवनको  सोमबार उद्‍घाटन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन्। उनले जनमैत्री प्रहरी सेवा र कानुनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए।

Hardik ivf

सो अवसरमा उनले उक्त भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिलाई प्रशंसापत्रसमेत प्रदान गरे। 

१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा उक्त चौकीको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्