रोनाल्डोले भने- मेसी म जस्तै उत्कृष्ट खेलाडी हुन्
एजेन्सी, साउन २९ : विश्व फुटबलमा एउटा बहस सधै भइरन्छ– क्रिष्टियानो रोनाल्डो र लियोनेल मेसी को उत्कृष्ट खेलाडी? बहस अझै सकिएको छैन। दुबै खेल....

एजेन्सी, साउन २९ : विश्व फुटबलमा एउटा बहस सधै भइरन्छ– क्रिष्टियानो रोनाल्डो र लियोनेल मेसी को उत्कृष्ट खेलाडी? बहस अझै सकिएको छैन। दुबै खेलाडीको प्रदर्शन आ-आफ्नो ठाउँमा उच्च छ।
कोही मेसीलाई उत्कृष्ट मान्छन् त कोही रोनाल्डोलाई। फुटबल पण्डितहरु भन्छन्–रोनाल्डो र मेसी दुबै उत्कृष्ट खेलाडी हुन्। को उत्कृष्ट ? भन्ने बहस गर्नु पर्दैन।
क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। मेसीले स्पेनिस क्लब बार्सिलोनालाई सबै उपाधि जिताइसकेका छन्। बार्सिलोनाका उनी सर्वाधिक गोलकर्ता पनि हुन्।
मेसी र रोनाल्डोले पाँच–पाँच पटक बालोन डि’अरको उपाधि जितेका छन्। यसबाट पनि भन्न सकिन्छ–मेसी र रोनाल्डो अहिलेका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। बहस अझै हुनेछ– रोनाल्डो र मेसी को उत्कृष्ट भनेर।
क्रिष्टियानो रोनाल्डोले हालै एक अन्तर्वार्तामा आफू मेसीभन्दा फरक रहेको दाबी गरेका छन्। उनले फरक क्लबबाट च्याम्पियन्स लिगको उपाधि जितेको र च्याम्पियन्स लिगमा ६ सिजन सर्वाधिक गोलकर्ता भएको भन्दै आफू मेसीभन्दा फरक रहेको तर्क गरेका छन्।
रोनाल्डोले इंग्लिश क्लब म्यानचेष्टर युनाइटेड र रियल मड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग जितेका जितेका छन्। हाल रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आबद्ध छन्। त्यहाँबाट पनि च्याम्पियन्स लिगको उपाधि उचाल्न चाहन्छन्।
यद्यपी, अन्तवार्तामा रोनाल्डोले मेसी एक उत्कृष्ट खेलाडी भएको बताएका छन्। ‘मेसी एक उत्कृष्ट खेलाडी हुन्, मजस्तै। जसलाई बालोन डि’अरको उपाधि जितेका कारणमात्रै हामी सम्झिन्नौं। लामो समयदेखि उनले माथिल्लो स्तरको खेल खेलिरहेका छन्, प्रत्येक वर्ष मजस्तै,’ उनले भने।
‘जिदान एक प्रतिभाशाली प्रशिक्षक हुन्’
रोनाल्डोले जिनेदिन जिदान विश्वकै एक प्रतिभाशाली प्रशिक्षण भएको बताएका छन्।
‘म जिदानलाई धैर सम्मान गर्छु, एउटा व्यक्तिका रुपमा,’ रोनाल्डोले अन्तर्वार्तामा भनेका छन्,‘उनीप्रति मेरो सम्मान थियो नै, अझ प्रशिक्षक बनेपछि सम्मान झन् बढ्यो। जिदानको म साच्चिकै ठूलो प्रशंसक हुँ।’
उनले जिदानले आफूलाई क्लबमा रहँदा विशेष महसुस गराएको पनि बताएका छन्।











