म्यानचेष्टर सिटीलाई फिफाले गर्यो कारबाही
एजेन्सी, साउन २९ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्लिश क्लब म्यानचेष्टर सिटीलाई जरिवाना तिराउने भएको छ।
खेलाडी अनुबन्ध ग....

एजेन्सी, साउन २९ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्लिश क्लब म्यानचेष्टर सिटीलाई जरिवाना तिराउने भएको छ।
खेलाडी अनुबन्ध गर्दा नियम उल्लंघन गरेको भन्दै फिफाले सिटीलाई जरिवाना तोकेको हो। तर, जरिवाना तोकेपनि सिटीलाई खेलाडी किनबेचमा भने फिफाले रोक लगाएको छैन।
फिफाले नियम उल्लंघन गरेको भन्दै सिटीलाई ३ लाख ७० हजार स्वीस फ्राङ्क जरिवाना सुनाएको छ।
फिाफाको नियमअनुसार अन्तर्राष्ट्रिय ट्रान्सफरका समयमा १८ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाइन्छ। तर, सिटीले नियम उल्लंघन गर्दै १८ वर्ष मुनिका खेलाडी अनुबन्ध गरेको थियो।
सिटीले गत वर्ष घानाको ड्रिम फुटबल एकेडेमीबाट जोर्जे डेभाइज र डोमिनिक ओडुरोलाई अनुबन्ध गरेको थियो।
यसअघि १८ वर्ष मुनिका खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले चेल्सीलाई दुई सिजन खेलाडी किन्न प्रतिबन्ध लगाएको थियो। चेल्सीले प्रतिबन्ध खुलाउन अपिल पनि गरेको थियो। तर, फिफाले प्रतिबन्ध फुकाएको थिएन।











