Kathmandu Press

नेपाल टी-२० वरियताको १३ औँ स्थानमा

काठमाडौं, कात्तिक १५ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार...
नेपाल टी-२० वरियताको १३ औँ स्थानमा

काठमाडौं, कात्तिक १५ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।

वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

 

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्