Kathmandu Press

भन्सार छलेर ल्याइएको औषधिसहित पक्राउ 

भन्सार छलेर ल्याइएको औषधिसहित पक्राउ 

सिरहा, कात्तिक १५ : भन्सार छलेर ल्याइएको औषधिसहित लहानबाट एकजना पक्राउ परेका छन्।

लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

Hardik ivf

पक्राउ पर्नेमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर छन्।

प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला पारी औषधि ल्याउने किशोरलाई नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पुसहित पक्राउ गरेको हो।     

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्