Kathmandu Press

नेपाल प्रहरीले आफूमाथि हातपात गरेको कलाकार सुशान्त खत्रीको आरोप

काठमाडौं, कात्तिक १५ : ठमेल बजारमा आफूमाथि प्रहरीले झापट हानेको आरोप लगाउँदै सुसान्त खत्रीले त्यसविरुद्ध आवाज उठाएका छन्। कुनै अपराध नगर्दा पनि आफूप्रति हातपात भएको...
नेपाल प्रहरीले आफूमाथि हातपात गरेको कलाकार सुशान्त खत्रीको आरोप

काठमाडौं, कात्तिक १५ : काठमाडौंको ठमेलमा आफूमाथि प्रहरीले झापट हानेको आरोप लगाउँदै सुसान्त खत्रीले त्यसविरुद्ध आवाज उठाएका छन्। 

कुनै अपराध नगर्दा पनि आफूप्रति हातपात भएको भन्दै सोमबार आफ्नो इन्स्टाग्राम लाइभमार्फत जानकारी गराए। प्रहरीले आफूलाई एक घण्टा जेलभित्र राखेको पनि उनले जानकारी गराएका छन्।

Hardik ivf

‘कति पछि नेपाल आएको, नेपालको माया लाग्छ तर यस्तो व्यवहारले मन दुख्छ,’ उनले भने,  ‘मेहनत गरेर नेपालको नाम राखें। नेपाल प्रहरीलाई धेरै रेस्पेक्ट गर्थें। तर त्यही प्रहरीले झापट हान्दा धेरै चित्त दुखेको छ। सपना जस्तो लागिरहेको छ।’ 

उनले थपे,  ‘जति हामीले रेस्पेक्ट गरेका छौं, त्यति नै हामीलाई पनि गर्नुपर्छ। केही गल्ती भए  सम्झाउन र चौकीमा लान पाइन्छ तर काँधको तारा देखाएर फुर्ती लाउन र घिसारेर लान पाइन्न।’

प्रहरीलगायत कसैले पनि कसैलाई बिनाकारण झापट हान्न नपाइइने उनको  भनाइ छ। ‘प्रहरीको फोन आयो भने ठिकै छ। आएन भने प्रतिवाद गर्छु,’ उनले भने।

उनको लाइभ सात हजारभन्दा बढीले हेरेका थिए। त्यसक्रममा एकजनाले सुशान्तलाई प्रहरीदे हातपात गरेको आफूले देखेको भनी कमेन्टसमेत गरेका छन्।    

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्